सिद्ध बराहका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण

हिमाली आवाज । मौसम परिवर्तन भएसँगै जिल्लामा चिसो बढ्दै गएसँगै पोखरा माहानगर पालिका वड न २४ स्थित सिद्ध बराह आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण गरिएको छ ।

कास्की पोखरा जापान सम्पर्क समितिका अध्यक्ष विश्व सुबेदीको सहयोगमा र अनेरास्ववियूका केन्द्रीय सदस्य साजन सुवेदी ,अनिल कुवँर ,महेश श्रेष्ठको समन्वयमा आज ६३ जना विद्यार्थीलाई न्यानो कपडा सुईटर र कापी कलम वितरण गरिएको हो।

अनेरास्वियूका केन्द्रीय सदस्य साजन सुवेदीले प्राविधिक धारका विषय अध्यापन गर्ने गर्नुपर्ने र शिक्षा लाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

टिप्पणिहरु
Loading...