संसद बिघटनविरुद्ध मुद्धा : संवैधानिक इजलासबाट न्यायाधीश बाहिरिए

काठमाडौं। संसद् विघटन विरुद्धको रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिनुभएको छ । वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिनुभएको हो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको बुधवार (आज) बाट सुनुवाई शुरु भएको छ। अधिवक्ताहरुले न्यायाधीश कार्की इजलासमा बस्न नहुने तर्क पेश गरेका थिए ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले अदालतलाई अदालत जस्तै बनाउनुपर्ने भन्दै कार्की इजलासमा बस्न उचित नहुने भन्दै आपत्ति जनाएका थिए।
कार्कीको अनुपस्थितिसँगै बुधबारको सुनुवाइ अवरुद्ध भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का न्यायाधीशलाई संवैधानिक इजलासमा तोकेपछि मात्र सुनुवाइ हुने भएको छ। संवैधानिक इजलासमा शुक्रबार र बुधबार सुुनुवाइ हुन्छ ।

Comments
Loading...