सरकारले सातै प्रदेशमा कोरोना खोप भण्डारणको तयारी थाल्यो

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै कोभिड(१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड(१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताउनुभयो ।

Comments
Loading...