निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग सहित निर्माण व्यवसायीको मुख्यमन्त्रीलाई ज्ञापनपत्र

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले निर्माण सामग्रीमा पछिल्लो समय अत्यधि मूल्य वृद्धि भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री, पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण गराएको छ ।

संघका जिल्ला अध्यक्ष सुरेश श्रेष्ठको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले मुख्यमन्त्री सहित आर्थिक मामिलामन्त्री किरण गुरुङ तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई भेटेर सिमेन्ट,डण्डी ग्याविन,तार,विटुमिन र गिटी तथा फलामबाट निर्माण हुने सामग्रीमा भएको चरम मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।

संघले निर्माण सामग्रीको मुल्यवृद्धि तथा बजारमा समेत सामग्री अभाव भएकाले निर्माण व्यवसायनै धराशायी हुने अवस्था आएको संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । संघका अध्यक्ष श्रेष्ठले निर्माण सामग्रीको मूल्यवृद्धि, क्रसर उद्योगहरु बन्द हुँदा सामग्री तथा कच्चा पदार्थ अभावले व्यवसायीहरुले कार्यालयहरुबाट लिएको काम समयसीमाभित्र सम्पन्न गर्न नसक्ने अवस्था आएको बताउनुभयो ।

मूल्यवृद्धि भएका सामग्रीको पुनःदररेट कायम गर्न र समयमै सम्पन्न नभएका निर्माण योजनामा समेत आवश्यक समय थप गर्न नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको संघले जनाएको छ । आफ्ना मागहरुप्रति मूख्यमन्त्री सकारात्मक हुनुभएको श्रेष्ठले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो ।

Comments
Loading...