नेकपाका ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा

काठमाडौँ । नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।

नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड(नेपाल पक्षमा छन् भने २२ जिल्ला कमिटीका इन्चार्ज ओली समूहतर्फ खुलेका छन्।

२ जिल्ला कमिटीका इन्चार्ज कतै पनि खुलेका छैनन्। नुवाकोट जिल्लाको इन्चार्ज पद खाली छ। यसअघिका इन्चार्ज महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा नियुक्त भएपछि रिक्त भएको हो।

बर्दियाका इन्चार्ज लक्ष्मण ज्ञवाली उपाध्यक्ष वामदेव गौतमनिकट हुनुहुन्छ । पार्टी एकताका लागि गौतमले चाल्ने कमदप्रति समर्थन जनाउँदै उहाँ कुनै पक्षका भेलामा जानु भएको छैन । त्यसैगरी कञ्चनपुरका इन्चार्ज विक्रम शाही पनि कतै खुल्नु भएको छैन । विगतमा उहाँ ओली नजिक हुनुहुन्थ्यो ।

‘संसद विघटन गरेको विषय चित्त बुझेको छैन। यसले देशमा अस्थिरता ल्याउँछ भन्ने लागेको छ,’ शाहीले भन्नुभयो, ‘मन परेका मानिस एकातिर भए र मेरो धारणा अर्कातर्फ भयो। त्यसैले कसैका भेलारबैठकमा सहभागी भएको छैन।’

Comments
Loading...