स्थानीयवासीनै जुटे नेपालमा रेल सञ्चालनमा

रुपन्देही । स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ ।

उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ ।
प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत झन्डै सात अर्ब रुपियाँ रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर लामो चक्रपथमा सञ्चालन हुने उक्त ट्राम÷रेल्वे निर्माणमा समुदायको लगानी रहने नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन बनाइने छ । पहिलो चरणमा दुई वर्षभित्र योगीकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने घिमिरेले बताउनुभयो ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Comments
Loading...