नेल्टाको माछापुच्छ्रे गाउँपालिकास्तरीय समिति गठन,अध्यक्षमा बलराम

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)को माछापुच्छ्रे गाउँपालिकास्तरीय समिति गठन भएको छ ।
गाउँपालिकाको केन्द्र लाहाचोकमा नेल्टा जिल्ला कार्य समिति कास्कीको आयोजना र गण्डकी प्रदेशको सहयोगमा भएको कार्यक्रममा पालिकास्तरीय समिति घोषणा गरिएको हो ।

समितिको अध्यक्षमा बलराम अधिकारी चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा सागर पौडेल,सचिव सुदिप सापकोटा,सह सचिव केशव दवाडी र कोषाध्यक्ष विजय अधिकारी हुनुहुन्छ ।यसैगरी सदस्यहरुमा केशव दवाडी(ख),बलराम अधिकारी,केशव दवाडी,पदम नेपाली,ईन्द्र प्रसाद अधिकारी,नारायण भण्डारी,बासुदेव अधिकारी, पदमराज अधिकारी,सुवास गौतम,डिलमाया पौडेल र बासुदेव लम्साल रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा पुष्पराज अधिकारी र चित्रलाल अधिकारी हुनुहुन्छ ।

नेल्टा कास्कीका अध्यक्ष वसन्त कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमा नेपाली काग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेल्टाका केन्द्रीय महासचिव सुरेश कुमार श्रेष्ठ, गण्डकी प्रदेश संयोजक शहदेव पौडेल, केन्द्रीय सल्लाहकार फणिन्द्र राज ढकाल, नेपाल निजामति कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्साल, नेपाली काँग्रेस क्षेत्रिय सचिव एवं माछापुुच्छ्रे गाउपालिकाका संयोजक मधुसुधन अधिकारी, महिला नेतृ टेकनशोभा गुरुङ्ग, नेल्टा कास्कीका उपाध्यक्ष पुष्पराज अधिकारी, कोषाध्यक्ष गोमा कुमारी, सहसचिव प्रकाशरमण अधिकारी लगायत सहभागी हुनुभएको थियो ।

Comments
Loading...