हिमाली आवाज । समाजसेवाको भावना सहित स्थापना भएको रमाकान्त÷निर्मला फाउण्डेशन पोखराको अध्यक्षमा निर्मला बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।
फाउण्डेशनको शनिबार सम्पन प्रथम साधारणसभा तथा अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्ष मोहनचन्द्र पराजुली, उपाध्यक्षमा रामचन्द्र शर्मा,सचिव लक्ष्मी कुँबर र कोषाध्यक्षमा मेघाथ गिरी रहनुभएको छ । यसैगरी सदस्यहरुमा मार्शल बराल, रोशना बराल, गोपाल बराल र दामु बराल हुनुहुन्छ ।
निर्वाचन मण्डलमा संयोजक ठाकुुरप्रसाद बराल र सदस्यहरु कमलराज सापकोटा र राजेन्द्र पौडेल रहनुभएको थियो । नवनिर्वाचित अध्यक्ष निर्मला बरालले शिक्षा,स्वास्थ्य लगायत समाजिक कार्यका माध्यबाट समाजमा सकारात्मक योगदान दिने उद्धेश्य संस्थाको रहेको बताउँदै वार्षिक कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो ।
साधारणसभामा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदमराज पहारीले सामाजिक सेवाको भावनाले संस्था गठन गरेकामा आभार व्यक्त गर्दै विपन्न नागरिकको सेवाबाट नागरिकलाई सहयोग पुग्ने बताउनुभयो ।
फाउण्डेशनका संरक्षक रमाकान्त बराल शिक्षा स्वास्थ्यमा कमजोर आर्थिक क्षमताका नागरिकको सेवा गर्ने संस्थाको उद्धेश्य रहेको बताउँदै आफ्नो तर्फबाट संस्थालाई वार्षिक रु एक लाखका दरले सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाले गत वर्ष माछापुच्छ«े गाउँपालिकामा आँखा उपचार शिविर लगायत गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका आजिवन सदस्य एवं नेपाल सरकारका पूर्व सचिव ठाकूर प्रसाद बराल, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक कमल राज सापकोटा, राजेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।