पोखरा उद्योग वाणिज्य संघमा नारायण कोइराला विजयी

हिमाली । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी कोइरालाले एक हजार ३७५ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिष्पर्धी विन्दु कोइराला सुवेदीले ९६५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले औपचारिक घोषणा गरेको हो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पवन प्रजापति निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्ष उद्योगमा गोकर्ण कार्की,उपाध्यक्ष वाणिज्यमा अर्जुन पोखरेल तथा महासचिवमा सुरेन्द्रमान विजुक्छे, उपमहासचिवमा केशवबहादुर खत्री र कोषाध्यक्षमा बलराम आचार्य निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरुमा शोभा गौतम, कुमारी मुना बास्तोला, हरिराज पन्त, भरत केसी, सुदनबहादुर कोइराला, देवेन्द्र केसी,पवित्रा गुरुङ, दिनेश बास्तोला, सुदिप प्रधानाङ्ग र उत्तममान बुद्धाचार्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

बस्तुगत सदस्यमा बालकृष्ण कोइराला, राजन गोंगजु, बलराम तिमिल्सिना र रुपनारायण भुजेल विजयी हुनुभयो । संघको औद्योगिक सदस्यमा भने यसअघि नै हिरामणि पण्डित निर्विरोध विजयी हुनुभएको थियो । एसोसियटततर्फ पनि हर्कबहादुर अधिकारी र हरिहर सापकोटा निर्विरोध हुनुभएको थियो ।

Comments
Loading...