कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव

काठमाडौं । कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति नदिई नेपालमा क्लिनिकल ट्रायल गर्न पाइँदैन।

बोर्डले अनुमति दिएपछि त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपर्छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मात्र परीक्षण गरिने परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए। बोर्डका एक सदस्यका अनुसार क्लिनिकल ट्रायलका लागि पेस भएका दुई–तीनवटा प्रस्तावमाथि अध्ययन भइरहेको छ।

जसमध्ये इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले प्राविधिक सहजीकरण गरिरहेको भ्याक्सिन मात्र क्लिनिकल ट्रायलका लागि उपयुक्त देखिएको छ। ‘आईभीआईको मात्र होइन अन्य प्रस्ताव पनि आएका छन्। अध्ययन प्रक्रियामै छन्, स्रोतले भन्यो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Comments
Loading...