घरभित्र ५५ वर्षीय पुरुष मृत फेला

हिमाली आवाज । तनहुँमा एक पुरुष घरभित्र मृतावस्थामा फेला परेका छन् ।

आज विहान अन्दाजी ०८ः३० बजेको समयमा तनहुँ आबूखैरेनी गाउँपालिका–२ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्ष देखी बस्दै आएका र हालसम्म वतन नखुलेको अन्दाजी ५५ वर्षीय समय निरौला नाम बताउने पुरुष व्यक्ति बस्दै गरेकोमा उनी घरभित्र मृत फेला परेका हुन् ।

पुरुषको कोठामा दुई दिन देखी ढोका नखुलेपछि प्रहरी टोली खटिई स्थानीय बासिन्दा र जनप्रतिनिधीको रोहबरमा उक्त घरको ढोका खोली हेर्दा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...