महारुद्र माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण र अक्षयकोष स्थापना

हिमाली आवाज । कास्कीको मादी गाउँपालिका–६ तप्राङमा अवस्थित महारुद्ध माविमा अक्षयकोष स्थापना तथा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयको ६३ औं बार्षिक उत्सवको अवसरमा एसएलसी व्याच २०६६ को आयोजनामा शैक्षिक सामग्री वितरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको हो ।

देश विदेशमा रहनुहुने करिब ६० जना व्यक्तिहरुले रु एक लाख ६० हजार सहयोग गर्नुभएकामा सो रकमबाट २५ जना विद्यार्थीलाई शैक्षिक साम्रगी झोला र ड्रेस वितरण गरी बचत हुन आउने रकम अक्षयकोषमा राखिएको अभियानका संयोजक अनिल पौडेलले जानकारी दिनुभयो ।

विद्यालयको विकासका लागि आगामी दिनमा समेत थप कार्यक्रम सञ्चालन गरिनेप्रेरणा मिलेको संयोजक पौडेलले बताउनु भयो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कमलापति बरालको अध्यक्षतामा शैक्षिक सामग्री वितरण कार्यक्रम भएको थियो ।

Comments
Loading...