राष्ट्रिय एकता दिवसमा पोखराका तीन सहकारी संस्था एकीकृत

हिमाली आवाज । पोखरा महानगरपालिका– ११ मा रहेका तीन सहकारी संस्था राष्ट्रिय एकता दिवसको दिन पारेर एकीकरण भएका छन्।
यसरी एकीकरण भएका संस्थाहरूमा काहूँ देउराली बहुउद्देश्यीय सहकारी संस्था, फूलबारी वचत तथा ऋण सहकारी संस्था लि र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि एकीकृत भई फूलबारी काहूँ देउराली कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि.भएका हुन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी रजिष्टार कार्यालयका रजिष्टार प्रेमप्रसाद ढकालले एकीकरण समारोहको उदघाटन गर्दै सहकारी एकीकरण यी सस्थाहरूले एतिहासिक फड्को मारेकोमा आउदा दिनहरुमा सफलता प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा पोखरा ११का वडा अध्यक्ष मोहन प्रसाद बास्तोला, कास्की बचत सघका निवर्तमान अध्यक्ष सुदीप ढकाल, कास्की वचत संघका अध्यक्ष भेषराज बराल, राष्ट्रीय सहकारी बैकका शाखा प्रमुख नरेश पाण्डे , सल्लाहकार माधब प्रसाद बास्तोला ’मधु ’ वडा सदस्य मिन बहादुर गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एकीकरणपछि संस्थाको विशेष अधिबेशनबाट अध्यक्ष बोधराज घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।उपाध्यक्ष टिकाराम बास्तोला, सचिव दीपक प्रकाश आचार्य, कोषाध्यक्ष काशीनाथ लामिछाने र सह(सचिव खुमकुमारी रायमाझी चयन हुनुभयो ।

यसैगरी सदस्यहरूमा गुरुप्रसाद आचार्य, हरिप्रसाद बास्तोला, गोविन्द लामिछाने र सविना बास्तोला हुनुहुनछ भने लेखा समितिको सयोजकमा सुभास आचार्य र सदस्यमा दामोदर आचार्य र ईन्द्र कुमारी आचार्य रहनुभएको अधिवक्ता रोहितराज बास्तोला संयोजक रहेको निर्वाचन समितिले जनाएको छ ।

एकीकृत भए सगै संस्थाको कुल पूजी ६ करोड ६४ लाख निक्षेप २७ करोड र कर्जा प्रवाह २२ करोड साथै शेयर सदस्य एक हजार दुई सय उनतीस रहेका छन् भने मुख्य कार्यालय काहू र सेवा केन्द्र फूलबारी र काहूँकै सिसनेरीमा रहेने संस्थाका सचिव दीपक प्रकाश आचार्यले जानकारी दिनुभयो ।

Comments
Loading...