नेकपाका अध्यक्षद्धय प्रचण्ड र नेपाल भोली पोखरा आउने

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल(प्रचण्ड) र माधव कुमार नेपाल भोली पुस २८ गते पोखरा आउनुहुने भएको छ ।

नेकपा गण्डकी प्रदेश कमिटीको आयोजनामा माटेपानीस्थित एक पार्टी प्यालेसमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्षद्धयसँगै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरा आउन लाग्नुभएको नेकपा गण्डकीले जनाएको छ ।

नेताहरु पोखरा ओर्लिएलगत्तै लेकसाइडमा विहान ८ः३० बजे प्रेस संगठनले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर प्रतिनिधिसभाको नयाँ निर्वाचनको मिति घोषणापछि अध्यक्षद्धय पहिलोपटक पोखरा आउन लाग्नुभएको हो ।

Comments
Loading...