संसद् विघटन विरुद्ध आज सर्वोच्चमा सुनुवाई हुँदै, संवैधानिक इजलासमा सपना मल्ल थपिइन्

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । रिटहरुमाथि छलफलका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास नै गठन गर्नुभएको छ ।

प्रधानन्यायाधीश जवराले आज न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना मल्ल प्रधानलाई राख्नुभएको छ । न्यायाधीश प्रधान संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो ।

संवैधानिक इजलासमा अन्य न्यायाधीश भने यथावत हुनुहुन्छ । यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए । त्यसपछि अघिल्लोपटकको सुनुवाइमा कार्की आफैंले आफू इजलासमा नबस्ने घोषणा गर्नुभएको थियो ।

Comments
Loading...