शहीद स्मृति भवनको उद्घाटन गर्न काँग्रेस सभापति देउवा पर्वत जाँदै

हिमाली आवाज । शहीद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उहाँको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ ।शहीद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो ।

भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी हुने काँग्रेसले जनाएको छ ।

कार्यक्रमको तयारी तिव्र पारिएको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह समे गर्नुभएको छ ।कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ ।

विसं ०६० साल माघ १ गते माओवादी कार्यकर्ताले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति तिवारीको हत्या गरेका थिए ।

Comments
Loading...