युरोपेली यूनियनका राजदुत नोना डिप्रेज पत्रकार महासंघ कास्कीमा

हिमाली आवाज । युरोपेली यूनियनका नेपालस्थित राजदुत नोना डिप्रेजले पत्रकारले खोजमुलक र अनुसन्धानमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

फ्रि मिडिया नेटवर्क कास्कीको पत्रकार महासंघमा आज भएको  बैठक तथा अन्तरक्रिया कार्यक्रममा  उहाँले कुनै पनि घटनाको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिँदै गलत सूचना प्रवाहबाट जोगिन आग्रह गर्नुभयो । राजदुत डिप्रेजले अभिव्यक्ति स्वतन्त्रता कानूनी शासन र प्रजातन्त्रमा महत्वपूर्ण रहेको भनाई राख्नुभयो ।

मिडिया नेटवर्कका संयोजक एवं पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीको पत्रकारिताका अवस्था, कोभिडले मिडिया र सञ्चारकर्मीमा पारेको प्रभावका बारेमा राजदुतलाई जानकारी गराउनुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सञ्चार क्षेत्रका सरोकारवालाहरु, राज्यपक्ष, नागरिक समाज र पत्रकारहरुकाबीचमा नियमित संवादबाट पत्रकार सुरक्षा विरुद्धका घटना न्यूनीकरणको उद्धेश्य सहित जिल्लामा ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको बताउनुभयो ।

पत्रकार महासंघ केन्द्रका कार्यक्रम संयोजक संघर्ष पन्तले गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा मिडिया नेटवर्क गठन गरिएको जानकारी दिँदै कोरोनापछि सञ्चार क्षेत्रमा विज्ञापन बजारको कमी, मिडिया हाउसको जनशक्ति न्यून घट्नु, छापा माध्यम बढी प्रभावित भएको र अनलाइन मिडिया बढेको उल्लेख गर्नुभयो ।

 

Comments
Loading...