विप्लव नेकपाका प्रभावशाली नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं । विप्लव नेकपाका प्रभावशाली नेता तथा पश्चिम कमाण्ड इञ्चार्ज धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट बास्तोलालाई पक्राउ परेको प्रहरी उच्च स्रोतले बताएको छ । बाँस्तोलासँगै सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड निकट नेता विवेक कुमाल पनि पक्राउ परेको बताइन्छ ।

ललितपुरको विकट क्षेत्रमा कुमालको उपस्थिति देखिएपछि प्रहरीले प्रकाण्डसमेत त्यहाँ हुनसक्ने आशंका गरेको थियो । यद्यपि, बाँस्तोला र कुमाल मात्रै भेटिएको प्रहरी स्रोतको भनाइ छ ।

Comments
Loading...