सांसद विष्टको शुभकामना सन्देश : महामारी सकिएसँगै सोनाम ल्होसार मनाउला

हिमाली आवाज । गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले सोनाम ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गरी उहाँले चिसो मौसम त्यसमा पनि कोरोना कहरका बीच पनि आफ्नो मौलिक संस्कृति बोकेका चाडपर्वहरु आफ्नो जनताहरु संगै बसेर मनाउन नपाएको दुखेसो पोख्दै सोनाम ल्होसारको शुभकामना ब्यक्त गर्नुभएको छ ।

प्रदेशसभा सदस्यले सन्देशमा भन्नुभएको छ,“कोरोना कहरका कारण मेरो क्षेत्रका जनताले निकै कष्टकर जीवन जिउन बाध्य भएका छन् । उनीहरुले वर्षेनी हिउदको समयमा समेत चिसो छल्न गरिदै आएको घुम्ती ब्यापारमा समेत निस्कन नपाउदा निकै कष्टकर जीवन जीउन बाध्य भएको महशुस गरेको छु । चिसो मौसममा पनि आफ्नो मौलिक पर्वहरु तिजी, यार्तुङ लगायत विभिन्न कार्यक्रमहरु साथै ल्होसार संगै मनाउने धोको भएतापनि कोरोनाको उच्च सतर्कताका लागी आफु उपल्लो मुस्ताङ चाहेर पनि आउन नसकेकोमा आफ्ना जनताहरुलाई यो वर्ष संगै नभएपनि आगामी वर्षहरुमा संगै बसेर मौलिक संस्कृति बोकेको पर्वहरु मनाउने बाचा गर्दछु ।”

उपल्लो मुस्ताङका जनताका हरेक समस्यामा साथ दिने बाचा समेत गरेका छन । शुभकामना मार्फत सांसद विष्टले भनेका छन कहिले राजनीतिक रुपमा देश थला परेको छ, कहिले आर्थिक सामाजिक हिसावले थलिएका छ । कहिले प्राकृतिक विपत्ति उर्लिएको छ, कहिले महामारीले थिचेको छ । तर हामी उठ्न छोडेका छैनौं । मलाई विश्वास छ, यो कोभिड १९ बाट पनि हामीले छिटै छुटकारा पाउने छौं र छिटै सामान्य दैनिकीमा फर्किने छौं ।

कोभिडको समयमा आफ्नो क्षेत्रका नागरिकको जीउधनको रक्षाका लागि आफ्नो तर्फबाट सकेजति सहयोग गरेको र पोखरामा रहँदा बस्दा दैनिकी चलाउन समस्या परेकाहरुलाई प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा राहत वितरण गरेको उहाँले स्मरण गर्नुभएको छ ।

Comments
Loading...