कास्कीका पाँचवटै स्थानीय तहमा संसद् विघटन विरुद्ध काँग्रेसको प्रदर्शन

हिमाली आवाज । सरकारले संसद विघटन गरेको विरुद्व नेपाली काँग्रेसले शुरु गरेको चरणवद्व आन्दोलन अन्तर्गत शनिवार कास्कीका पाँचवटै पालिकाहरुमा प्रदर्शन गरेको छ ।

काँग्रेसले एकै साथ देशैभरका सात सय ५३ पालिकामा प्रदर्शनको कार्यक्रम अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरिएको कास्की काँग्रेसले जनाएको छ ।

कास्कीमा पोखरा महानरपालिका, मादी गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छे« गाउँपालिकामा प्रदर्शन गरिएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

पोखराको प्रदर्शन चिप्लेढुङ्गास्थित पार्टी कार्यालय, मादीको प्रदर्शन याङ्जाकोट, रुपाको ध्रुवतारा क्लव प्राङ्गण, अन्नपूर्णको प्रदर्शन नागडाडाँ र माछापुच्छ«ेको प्रदर्शन महेन्द्र माविको प्राङ्गणबाट शुरु भएको थियो ।

नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको प्रदर्शनपछि नयाँपुलमा आयोजित विरोध सभामा बोल्दै काँग्रेस नेता शुक्रराज शर्माले कम्युनिष्टलाई मत दिएर जिताएकाहरुले अहिले पश्चाताप गरिहेको बताउनुभयो । कम्युनिष्टले समस्या देखाउने तर समस्या समाधान गर्न नसक्ने उहाँको भनाइ छ । नेता शर्माले अन्तर्राष्ट्रिय नेता र सिद्वान्त मान्ने कम्युनिष्ट राष्ट्रवादी हुनै नसक्ने दावी गर्नुभयो ।

माछापुच्छ«े गाउँपालिकामा आयोजित विरोध सभामा बोल्दै पार्टीको क्षेत्रीय समितिका सभापति पोषनाथ शर्माले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले काँग्रेस प्रदर्शनमा उत्रिएको बताउनुभयो ।

उहाँले कम्युनिष्ट शासनमा देशमा भ्रष्टाचार अत्यधिक बढेको उल्लेख गर्नुभयो । काँग्रेस माछापच्छ्रे गाउँपालिका संयोजक मुधसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिति सदस्य रामचन्द्र त्रिपाठी,संविधान सदस्य शारदा पौडेल,क्षेत्रीय सचिव राजेन्द्र क्षेत्री लगायतले सरकारको असंवैधानिक कदमको विरोध गर्नुभएको थियो सभामा माछापुच्छ्े वडा नं १ का वडाध्यक्ष विरेन्द्र गुरुङ , पार्टीका जिल्ला सदस्य, क्षेत्रीय सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।महेन्द्र माध्यमिक विद्यालयको चौरबाट शुरु भएको विरोध ¥याली घले होमस्टेमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

उता मादी गाउँपालिको याङ्जाकोटमा आयोजित विरोध सभामा बोल्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कम्युनिष्टका कारण सर्वसत्तावाद बढेको दावी गर्नुभयो । उहाँले लोकतन्त्रमाथिको प्रहार काँग्रेसलाई स्वीकार्य नहुने उल्लेख गर्दै सभापति केसीले राणा र पञ्चायतले नगरेको आर्थिक अनियमितता वर्तमान सरकारले गरेको भन्दै निन्दा गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको विरोध सभामा नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ, महाधिवेशन प्रतिनिधि देवेन्द्रकुमार शेरचन, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, जिपि कोइराला फाउण्डेशन कास्कीका अध्यक्ष यादवराज अधिकारी, महिला नेतृ खेमकुमारी गुरुङ, अन्नपूर्ण गाउँपालिका वडा नं ५ का वडाध्यक्ष जीवनाथ पौडेल, १ का वडाध्यक्ष भरतजंग कुँवर, ६ का वडाध्यक्ष चित्रबहादुर गुरुङ, शिक्षक संघका शिव तिमिल्सिना, वडा इकाइ सभापति इन्द्रप्रसाद सुवेदी, पूर्व डिएसपी गमबहादुर गुरुङ, युवा नेता विकास गुरुङ र विजय गुरुङले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव कृष्णप्रसाद सुवेदीले संचालन गरेका थिए ।

Comments
Loading...