जिल्ला सहकारी संघ कास्कीमा संयुक्त सहकारी प्यानलको पल्लाभारी,ओली पक्षका प्रदेश सांसदनै पराजित

हिमाली आवाज । जिल्ला सहकारी संघ कास्कीको हिजो सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र प्रचण्ड–माधव नेपाल पक्षीय संयुक्त सहकारी प्यानलका उम्मेदवार सबै पदमा विजयी भएका छन् ।

राजनीतिक रुपमा स्पष्ट दुई खेमामा विभाजित भएर चुनाव भएकामा संयुक्त सहकारी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हालका महिला उपाध्यक्ष सावित्रा कोइराला विजयी भएकी हुनुभएको छ ।

उहाँले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार हालका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले ७८ मतमात्र प्राप्त गर्नुभयो । यसैगरी अध्यक्षका अर्का प्रत्याशी धर्मराज अर्यालले ३६ मत प्राप्त गर्नुभयो।

यसैगरी राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद प्रभा कोइराला उम्मेदवार बन्नु भएकामा संयुक्त प्यानलका दीपक प्रकाश आचार्यले उहाँलाई पराजित गर्नुभयो । आचार्यले २१४ मत प्राप्त गर्दा कोइरालाले ८६ मत मात्रै प्राप्त गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा ओली पक्षीय उमराज बास्तोलाको ८१ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गर्नुभयो ।
महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी हुनुभयो भने ठाकुर पोखरेलले ७९ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भएका हुनुभयो। महिला सदस्यमा कौशिला गुरुङ (२०६), चन्द्रकुमारी पराजुली, (२१७), मैनादेवी रावत (१९१), बिना लोहनी (२४८) विजयी भएका हुनुभएको छ ।

खुल्ला सदस्यमा खेमबहादुर गुरुङ (१८६), धनराज पुरी (१६०), लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ (१८७), लेखा समिति सदस्यमा रमण पौडेल (२०२), बिमलाकुमारी थापा बस्नेत (१८०) मत प्राप्त गरी विजयी हुनुभएको बताइन्छ ।

Comments
Loading...