मर्न तयार छौं तर ओलीको प्रतिगमन सामु झुक्ने छैनौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु(याउने डरलाग्दो षडयन्त्र भइरहेको बताउनुभएको छ ।

आइतबार प्रचण्ड–माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु(याउने डरलाग्दो षडयन्त्र भएको बताउनुभयो ।

यसका लागि शाकाहारी आन्दोलनले नपुग्ने प्रचण्डको भनाइ छ । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उहाँको भनाई छ । प्रचण्डले विद्यार्थीहरुलाई आफूहरुको आन्दोलन आवेगमय हुनुपर्ने बताउनुभयो ।

‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन अब आवेग, आक्रोश र आक्रामण हुनुप¥यो । बाघ र सिंह गर्जेको जस्तो हुनुप¥यो । प्रतिक्रान्तिकारीहरुको मुटु थर्किनुप¥यो, हल्लिनुप¥यो, ’ उहाँले भन्नुभयो,‘ रातदिन केही नभनेर हामी केही समय केपीको प्रतिगमनकारी कदमविरुद्ध सशक्त भएर खडा हुनुपर्छ । नत्र उनले टेर्नेवाला छैनन् ।’

यस्तै जनताले सडकबाटै ठूल्ठूला फैसलाहरु गरेको इतिहास स्मरण गराउँदै बरु मर्न तयार रहेको तर झुक्न नसकिने प्रचण्डको भनाइ छ । ’इतिहासको निर्माता जनता हो, अरु कोही होइनन् । उहाँले भन्नुभयो ।

Comments
Loading...