पोखरामा मन्त्रीनै निस्किए बजार अनुगमनमा

हिमाली आवाज । गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथावातावरण मन्त्रीविकास लम्सालले बजारमाविभिन्ननाममाहुने गरेका मूल्यबृद्धि नियन्त्रण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ ।

गण्डकी प्रदेश सभाको विशेष बैठक एवम् सञ्चार माध्यममा प्रकाशित सूचनाको आधारमा आज पोखराका खाद्यान्न तथा निर्माण सामग्रीका ठूलो पसलहरुको अनुगमन गर्दै उहाँले जथाभावी गरिने मूल्य वृद्धि नियन्त्रण गर्दै दोषी माथी कारवाही गरिने बताउनुभयो ।

“व्यापारिले होलसेल नाफामूल्य सूची भन्दा बढी रकममा बिक्री वितरण गरेमा कडा भन्दा कडा कारवाही गरिने छ” उहाँले भन्नुभयो, “बजारमा तोकिएको तौल र गुणस्तरमा कुनै पनि सम्झौता हुने छैन ।”

सरोकारवाला कार्यालयले बजार अनुगमनलाई तिब्रता दिंदै सरकारकारलाई सहयोग गर्नुपर्नेमा जोड दिंदै उहाँले सत्य तथ्य र वस्तुनिष्ट समाचार सम्प्रेशण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

टोलीले पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाईवयर एण्ड सप्लायर्स र पोखरा ८ स्थित के.एल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरेको थियो ।

अनुगमनकाक्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलिईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएको उद्योग, वाणिज्य तथा उपभोक्ताहित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा देखिएका पसल सञ्चालकलाई तीन दिनभित्र सामाग्री सहित सम्वन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउँदै उहाँले सरोकारवाला कार्यालयको संयुक्त टोलीले आवश्यकता अनुसार अनुगमलाई तिब्रता दिंदै आएको उल्लेख गर्नुभयो ।

टोलीमा सहभागी उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले छिमेकी मुलुक भारतको किसान आन्दोलनका कारण कतिपय कच्चा पदार्थ आयात हुन नसक्दा खाने तेल बजारमा अभाव हुनुको साथै मूल्यवृद्धि भएको हुँदा आवश्यक कच्चा पदार्थ मुलुकभित्रै उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औल्याउँदै बजारमा विभिन्न कम्पनीका खाने तेलमा प्रतिलिटर ३० रुपैया सम्म मुल्य वृद्धि भएको पाईएको बताउनुभयो ।

अनुगमन टोलीमा उद्योग वाणिज्य तथा उपभोक्तहित संरक्षण निर्देशनालय, खाद्य निरीक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च,गुणस्तर तथा नाप तौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।

Comments
Loading...