नेपाल स्टारको फाइनालिष्ट एलिना गुरुङलाई पोखरामा भव्य स्वागत

हिमाली आवाज । रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ की फाइनालिष्ट उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङलाई पोखरामा भव्य स्वागत गरिएको छ।

नेपाल टेलिभिजनद्धारा शनिवार राती प्रसारित कार्यक्रमबाट फाइनल प्रवेशसँगै एलिना गुरुङ पहिलो पटक गृहनगर पोखरा आउदा एलिना गुरुङ जिताऔं सहयोग समितिद्धारा आयोजित स्वागत कार्यक्रममा पोखरा विमानस्थलमा गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा बिष्ट, एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङ,तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलगायत विभिन्न संघ संस्थाका तर्फबाट पोखरेली चेलीलाई भव्य स्वागत गरिएको हो।

पोखरा विमानस्थलमा पञ्चैबाजा, खादा, मालालाई स्वागत पश्चात बृहत मोटसाइकल र्यालीसहित मुस्ताङचोक, राष्ट्र बैंक चोक, सिर्जनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, रानीपौवा, शितलादेवी, भद्रकालीचोक हुदै भद्रकाली माविमा पुगी स्वागत कार्यक्रममा परिणत भएको थियो। एलिनाले अध्ययन गरेको भद्रकाली माविमा पुग्दा प्रिन्सिपल घनश्याम रिजाल लगायत विद्यालयका विद्यार्थीहरुले खादा लगाएर स्वागत गरेका थिए।

भद्रकाली माविमा एलिना गुरुङ जितऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङको अध्यक्षता र सचिव रोशनी गुरुङको संचालनमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल घनश्याम रिजाल, एलिना गुरुङ जिताऔं सहयोग समितिका संरक्षकहरु हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठलाई शुभकामनासहित एलिनालाई नेपाल स्टार उपाधि पहिराउने दावी गर्नुभयो ।

कार्यक्रममा एलिना गुरुङको गीत प्रस्तुतिले थप रौनक दिएको थियो। उनले सबैको मायाबाटै नेपाल स्टारको उपाधि जितेर इमान्दार संगीतको यात्री बन्ने बताइन्। फाइनालिष्ट एक्ली चेली एलिना गुरुङले आफु भोटका साथै उपाधि जिताउन सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ स्थित चिउली पाचे तमु समाज भवनमा कन्सर्ट आयोजना गरिएकाले कार्यक्रममा उपस्थितीका लागि आग्रह गरिएको छ।कार्यक्रममा एलिना गुरुङका साथै पोखरेली चर्चित गायकहरुको प्रस्तुति रहने बताइएको छ।

टिप्पणिहरु
Loading...