बिमा केहो? जिवन बिमा किन गर्नुपर्छ ?

नेपाल विकासोन्मुख राष्ट्र हो । यो बोलिमा मात्र सीमित छ तर व्यवहारमा भने फरक देखिन्छ । कुनै पनि सरकार आए पनि यहाँ विकास र सुशासनको महसुस हुन सकेको छैन । देशको सुरक्षालाई खटिएका सुरक्षाकर्मी सिमित नेताको घरमा खटिएका छन् । जनताको सुरक्षा त अझ पर जाओस् । वर्तमान अवस्थामा विश्वभर फैलिएको कोभिड–१९ बेलामा पनि सीमित राजनैतिक व्यक्तिले निर्दोष जनतालाई प्रयोग गरेका छन्। उनको कुनै पनि सामाजिक तथा आर्थिक सुरक्षा भने छैन।

यहाँका जनता मुर्दाबाद र जिन्दावाद भन्नका लागि उनीहरूको औजार बनेका छन्। विकसित राष्ट्रमा हेर्ने हो भने हरेक नागरिकको जागिरको सुनिश्चितता तथा उसको बिमा सरकारलेनै गर्दछ । तर हाम्रो देशमा छैन। यहाँ अस्थिरता मात्र छ । त्यही कसैले पनि सरकारको मुख हेरर बस्नु हुँदैन । जो सरकारमा छ उसको परिवारले मात्र सुरक्षा र अन्य सेवा प्राप्त गर्छ । यसरी आफ्नो परिवारको सुरक्षा आफै गर्नुपर्छ । हरेक व्यक्तिले आर्थिक सुरक्षाका लागि जीवन बिमा आफैंले गर्नुपर्छ । त्यस अगाडि बिमा के हो?जीवन बिमा किन गर्नु पर्छ भन्ने कुरा थाहा सबै नेपालीलाई हुनुपर्छ।
बिमाको उत्पत्ति कहिले र कहाँबाट सुरु भएको हो भन्ने कुरा सबै अन्योलमा छन् । तर आधुनिक जीवन बिमाको शुरुआत १५ औं शताब्दीदेखि शुरु भएको कुरा मान्ने गरिन्छ । ‘बिमा’ फारसीबाट आएको शब्द हो ।जसको अर्थ ‘जिम्मेवारी लिनु’ भन्ने पनि बुझिन्छ । विश्लेशकहरुले यसलाई ‘जोखिम हस्तान्तरण’ को रुपमा पनि लिने गरेका छन् । फराकिलो अर्थमा भन्नुपर्दा बिमा आर्थिक नोक्सानी हुँदा दिइने क्षति पूर्तिको सुनिश्चितता हो । जसमा बिमा गर्ने व्यक्ति र बिमा गरि दिने व्यक्ति बिच लिखित सम्झौता हुन्छ। यसलाई जोखिम ब्यवस्थापनको महत्वपूर्ण औजार को रुपमा पनि लिइन्छ ।

यसमा बीमितले आफ्नो जीवन,सम्पत्ति वा दायित्वमा पर्ने जोखिमको आर्थिक भार विमकलाई हस्तान्तरण गरेको हुन्छ । यो बिश्वसिलो र भरपर्दो हुन्छ।यस अर्थमा हो कि बिमा कम्पनी सरकारी ऐन अनुसार संचालन हुने गर्दछन् । यिनिहरुलाई नियामक निकायको रेख देखमा ठुला कम्पनीसँग पुनर्बीमा गरेका पनि हुने गर्दछन्। यसलाई मुख्य रूपमा तीन भागमा वर्गीकरण गरेको छ(जीवन बिमा,निर्जीवन बिमा र पुनर्विमा।
जीवन बिमा मानिसको जीवनसँग सम्बन्धित छ। जुनजोखिम विरुद्ध गर्ने गरिन्छ।यसले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ। यो व्यक्ति वा निजको परिवारको सुरक्षाका लागि गरिन्छ। जीवन बिमा किन गर्नुपर्छ भन्ने कुरा आफ्नो आफ्नोअवस्थामा भरपर्छ तर सामान्यतया बिमा गर्दा सबैलाई फाइदा मिल्छ।

जीवन बिमा एक आर्थिक सुरक्षाको साधन हो। जसमा जीवन बिमा गरेको निश्चित अवधिसम्म बिमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई, नभए आश्रीत परिवारलाई बिमा कम्पनले एकमुस्ट बिमा रकम फर्काउछ। यसले बचत गर्नुपर्छ भनि प्रोत्साहन गर्दछ। किनभने बैंकमा राखेको रकमलाई काम पर्दा निकाल्न मिल्छ भने बिमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा भएपछि एकमुष्ठ ब्याज सहित निकाल्न मिल्ने भएकाले बिमा गर्दा बचतको प्रोत्साहन मिल्दछ।यसरी सामान्तया भविष्यमा बच्चाबच्चीको शिक्षा दीक्षा अथवा विवाह ब्रतबन्द आदिमा हुने खर्च अन्तिम बिमा कम्पनीबाट पाउने रकमबाट व्यवस्था गर्न पनि सकिन्छ। यसले सामाजिक प्रतिष्ठामा वृद्धि गर्दछ । बिमागर्ने मानिस समाजमा निश्चिन्त र ढुक्क हुन्छ।जीवन बिमा गरे पछाडि अरुको भर पर्नु पर्दैन।कम्पनीबाट आउने रकमलाई सदुपयोग गरेर पनि जिविको पार्जन गर्न सकिन्छ।

जीवन बिमा प्रायःजसोले मृत्यु संघ मात्र तुलना गरेको पाइन्छ। तर त्यो गलत हो। यसबाट अन्य लाभहरुपनि सकिन्छ। जीवन बिमा गरेको दुई वर्षमा बिमा शुल्क भुक्तानी गरिसकेपछि बिमा लेखमा सो अवधि सम्मको सम्पूर्ण मूल्यको बढीमा ९० प्रतिशत बिमा कम्पनीबाट ऋण सुबिधा प्राप्त गर्न सकिन्छ। यसैगरी आएकर ऐन अनुसार बिमा गरेमा २५ हजार रुपैयाँ सम्मको आयमा कर छुट हुने व्यवस्था पनि रहेकोछ। यसरी हेर्दा जसरी पनि विमितनै सुरक्षित देखिन्छ।

विभिन्न किसिमका लाभहरु हुँदा हुँदै पनि हरेक मा निसहरुमा बिमा कम्पनीबीच भ्रममा परेका छन्। तर वर्तमान अवस्थामा त्यो भ्रमलाई चिर्न आवश्यक देखिन्छ।त्यो कसको दायित्व भित्र पर्छ?त्यो भनेको सरकार,बिमा कम्पनी ,अभिकर्ता र अन्य संघसंगठनको हो।अझै पनि समाजमा बिमाको कुरा गर्दा ठगको सज्ञा दिने गर्दछन्। नराम्रो कुरा अगाडि सार्नु भनेको बिमाप्रति हुने शिक्षामा कमी हुनु हो। सबैभन्दा पहिला बिमा प्रति सकारात्मक सोचको बिकास हुनुपर्छ ।विभिन्न बिमा कम्पनीहरु विभिन्न ठाउँमा खोलिएका छन। उनिहरुले बिमा गराउनु भन्दा पहिला बिमा सम्बन्धि शिक्षा फैलाउनु आवश्यक देखिन्छ ।जसले गर्दा सबै छर्लङ्ग हुने छन।

अर्को कुरा केहो भने सबै बिमा कम्पनीको उद्देश्य एउटै हुन्छ । एउटा कम्पनीमा आबद्ध भएका ब्यक्तिहरुले अर्को कम्पनीको अनावश्यक सूचनाहरू बाहिर ल्याउनु हुँदैन। जसले गर्दा हरेक मानिसहरुमा बिमा कम्पनी बिच अबिश्वश बढ्दछ । यस प्रति पनि सचेत हुन जरुरी देखिन्छ । कुनै पनि भ्रममा नपरि अन्तमा बिमा गर्ने सबैलाई लाभ हुने गर्दछ।निश्चिन्त भएर हरेक बिमा कम्पनीको बिमा योजना बुझेर बिमा गर्दा सुरक्षा हुन्छ ।

Comments
Loading...