अब एबिसि जान पिसिआर रिपोर्ट नचाहिने

हिमाली आवाज । विश्वकै चर्चित पदमार्ग (एबिसि) जानपिसिआर रिपोर्ट नचाहिने भएको छ । छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागिपिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे छ ।

समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्यअवस्थामापर्किदै गरेकाले पनिपिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो । ‘हामीले केही समय अघि पाहुनाका लागि होटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिव दिलिप गुरुङले भन्नुभयो,‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवनपनि सामान्य अवस्थामा फर्किर्दै गई रहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’

एबिसीआउने पदयात्रीलाई स्वास्थ्यअवस्थामध्यनजर गर्दै आवश्यक सतर्कताअपनाएर मात्रै आउनउनको सुझाव छ । अहिले देउरालीसम्म होटलहरु पूर्ण रुपमा खुलेका छन् । देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमाबास बस्ने गरि फर्किन सकिन्छ ।

यही हप्ताभित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमा पनि होटलहरु खुला हुने छन् । फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमा खुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्प पुगेर देउरालीमा बास बस्ने गरी फर्किन सकिन्छ । यसको लागि लोकल गाइडको पनि व्यवस्था गरिएको बताइन्छ ।

Comments
Loading...