प्रचण्ड–माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक बस्दैः ओलीलाई निष्कासन गर्ने तयारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक आइतबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोधमा सडकमा रहेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

सो पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा ओलीले स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको नेकपा स्रोतले जनाएको छ ।

Comments
Loading...