महिला जनप्रतिनिधि र महिला सञ्जालका पदाधिकारीबीच अन्तरक्रिया

हिमाली आवाज । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनु पर्ने बताउनु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरक्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता आँैल्याउनुभयो ।

महिलाको सहभागिता बिना “समृद्ध नेपाल सुखी नेपाली” अभियान पूरा नहुने बताउँदै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो ।

संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितताले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नेतृत्व लिन तयार भएको उहाँको भनाई छ ।

गण्डकी प्रदेश सभाका सदस्य डा. पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्न सके मात्र महिला सशक्तिकरणमा जोड पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जाल बीचको समन्वय आवश्यक रहने बताउनुभयो ।

उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवम् सञ्जालका पदाधिकारीहरु सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यmममा वडाध्यक्षहरु, गाउँ कार्यपालिका सदस्य हिरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक रिता थापा लगायतले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको सो कार्यक्रमा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्वन्धित शाखाका कर्मचारी सहित ५० जनाको सहभागिता रहेको थियो ।

Comments
Loading...