पोखरामा सुजुकीको ‘सुपर स्याटरडे’अफर : एक दिनका लागि अहिलेसम्मकै सर्वाधिक छुट

हिमाली आवाज । सुजुकी गाडीका गण्डकी धौलागिरीको आधिकारिक विक्रेता बतास व्रदर्श प्रालिले आगामी माघ १७ गते शनिबार एक दिनका लागि ‘सुपर स्याटरडे’ अफर ल्याएको छ ।

शनिबार एक दिनका लागि मात्र ल्याइएको यस योजनामा ग्राहकले अहिलेसम्मकै सबैभन्दा धेरै छुट लगायतका अफर प्राप्त गर्ने बतास ब्रदर्शले जनाएको छ ।सो दिन सुजुकीका चारपांग्रे गाडी खरिद तथा बुकिङ गर्ने ग्राहकले विशेष अफर पाउनुहुने कम्पनीका प्रवन्धक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार यस्तो शनिबार आउँदैन बारम्बारको नारा सहित ‘सुपर स्याटरडे’ मा ग्राहकले नियमित शोरुम छुटभन्दा बढी नगद छुट पाउनेछन्। ग्राहकहरुले सुपर नगद छुट रु दुई लाखका अतिरिक्त एक दिनको विशेष छुट रु एक लाख प्राप्त गर्ने अधिकारीले बताउनुभयो ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ । नेपालमा सुजुकी गाडी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटोकर्पले विक्री वितरण गर्दै आएको छ ।

Comments
Loading...