बेलायतमा भेटिएको नयाँ कोरोना भाइरस ७० देशमा फैलिइसकेको डव्लुएचओको भनाई

एजेन्सी ।संसारभरी कोरोना संक्रमितको आँकडा १०.१४ करोड पार भइसकेको छ । ७ करोड ३२ लाखभन्दा बढी निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म २१ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अघिल्लो महिना कोभिड–१९ को नयाँ भेरियन्ट पाइएको थियो । अब डब्ल्यूएचओले यो विषयमा नयाँ चेतावनी जारी गरेको छ । संगठनका अनुसार यो भेरियन्ट ७० वटा देशमा फैलिसकेको छ । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या पुनः बढ्ने क्रममा छ ।

विश्व स्वास्थ्य संगठनले अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टलाई थप खतरनाक बताएको छ । संगठनका अनुसार बेलायतमा पाइएको भेरियन्ट हालसम्म ७० देशमा फैलिसकेको छ । यो भाइरस बढी घातक छ किनभने यो पुरानो भाइरसको तुलनामा तीब्र गतिमा फैलन्छ । डब्ल्यूएचओले यसबारे आफ्नो साप्ताहिक रिपोर्ट पनि जारी गरेको छ ।

Comments
Loading...