पोखरामा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु

हिमाली आवाज । पोखरामा आज घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१५ पटनेरीमा तारा थापा मगरको एक तलाको ब्लकले बनेको कच्ची घर भत्काउने क्रममा ज्यामी काम गर्ने सोही ठाउँ बस्ने ४२ वर्षीय गोपी आचार्यको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घर भत्काउने क्रममा अचानक ब्लकको ढिस्को खस्न जाँदा घाइते भएका आचार्यको उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएकोमा डाक्टरले चेकजाँज गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

Comments
Loading...