केपी ओलीका कारण वर्तमान संविधान धरापमा : नेकपा केन्द्रीय सदस्य गिरी

हिमाली आवाज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य सीता गिरी ओलीले विकास निर्माणको समिक्षा गर्नुपर्ने समयमा आफूहरु बाध्य भएर आन्दोलनमा उत्र्रिनु परेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले आज माछापुच्छ्रे गाउँपालिका– ७ धम्पुसमा आयोजना गरेको वडास्तरीय प्रतिगमन बिरुद्धको बिरोध सभालाई सम्वोधन गर्दै उहाँले संविधानको रक्षाको लागि आन्दोलनको विकल्प नभएको उल्लेख गर्नुभयो ।

संविधानसभाका सदस्य समेत रहनु भएका नेतृ गिरीले निकै भावुक हुदै ५ बर्षका लागि जनतासँग आफूहरुले अमुल्य मत मागे पनि केपी ओलीका कारण वर्तमान संविधान धरापमा भएकोले त्यसको रक्षाको लागि फेरी जनताले प्रतिगमन बिरुद्ध आन्दोलनमा साथ दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाललाई र नेपाली जनतालाई अँध्यारो खाडलमा हाल्ने कदम चालेको बताउँदै ओलीले संविधानमानै नभएको संसद विघटन प्रधानमन्त्रीले गरेको जिकिर गर्नुभयो ।

जनप्रतिनिधिलाई पार्टीका काममा बजेट दुरुपयोग नगर्न बरालको चेतावनी
नेकपा गण्डकी कमिटि सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले नेकपाको पार्टी बिबादको बिषयलाई लियर आम सर्वसाधारण जनतालाई आफ्नो पक्षमा पार्न कसैले बजेट दुरुपयोग नगर्न चेतावनी दिनुभएको छ ।

केही स्थानीय तहमा विभिन्न कार्यक्रम र बजेट पारिदिने आश्वासनले केही समुहले आफ्नो पक्षमा पार्न राज्यको सम्पत्ति माथि दुरुपयोग हुन थालेको उल्लेख गर्दै सांसद बरालले राज्यको सम्पत्ति कसैको बाबुको विर्ता नभएकाले राज्यको सम्पत्ति दुरुपयोग भएमा उनीहरुलाई राम्रै हिसाव किताव गर्ने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवि भण्डारीले मदन भण्डारीको हत्यारा पक्ता लगाउन हालसम्म कुनै प्रक्रिया अघि नबढाएको उल्लेख गर्दै सांसद बरालले प्रधानमन्त्री ओलीलाई कुन कुन बिषयमा पार्टीले काम गर्न दिएन त्यसको विवरण पेश गर्न चुनौती दिनुभयो ।

जनताको रगत र पसिनाले ७० बर्षको अथक प्रयासले ल्याएको संविधानको मुटुमा प्रधानमन्त्री ओलीले छुरा रोप्ने काम गरेको बताउँदै सांसद बरालले प्रधानमन्त्री ओली एक पटक जनता सामु गएर क्षमायाचना गर्दा जनताले माफी दिने सांसद बरालले बताउनुभयो । विधि र विधान विपरित झुटा कुरा गरेर सत्तामा बस्न ओलीलाई नसुहाउने भनाई सांसद बरालको छ ।

नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा भ्रष्टाचार, बलात्कार, महङगी बढेको दावी गर्र्दै प्रधानमन्त्री ओलीले बाडेको करिब १ हजार ५ सय केन्द्रिय सदस्य निर्वाचन आयोगको निर्णयले उनीहरु हाल लज्जित भएको टिप्पणी गर्नुभयो । 

नेकपा कास्कीका सचिवालय सदस्य दलबहादुर गुरुङले कोरोनाबाट प्रभावित भएका जनताको राम्रो उपचार र भ्याक्सिन नपाएको अवस्थाा सरकारले कहाँबाट ल्याएर निर्वाचनको खर्च व्यवस्थापन गर्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

जिल्ला सदस्य नवराज भण्डारीले बृद्ध भत्ता पाँच हजार पुराउने जनतालाई दिएको आश्वासन कहाँ पुग्यो प्रधानमन्त्री ज्यू, भन्दै प्रश्न गर्दै एक सातामा खाने तेल प्रति लिटरमा ५० रुपैया बृद्धि हुँदा सरकारले कुनै चासो नदिएको गुनासो गर्नुभयो ।

जिल्ला सदस्य एवं युवा नेतृ पविना अधिकारीले प्रधानमन्त्री ओलीको कदम बिरुद्ध युवा जमात उठ्नु पर्ने समय आएको बताउनुभयो ।
जिल्ला सदस्य बैकुण्ठ भण्डारीले प्रत्येक वडा हुदै यही माघ २१ गते लाहाचोकमा बृहत बिरोध सभा हुने जानकारी दिनुभयो ।

नेकपा नेता एवं युवा व्यवसायी यदुनाथ अधिकारीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जनाता माथि ऋण भार थपेर ३६ हजारबाट ४६ हजार पुराएको,दलाल पुँजीबादले समाजवादमा पुग्न नसकिने दाबी गर्नुभयो ।

नेकपा माछापुच्छ«े गाउँपालिकाका ७ का अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा नेता लाल बहादुर परियार, अर्को युवा नेता आसिस गुरुङ, नेकपा माछापुच्छ«े गाउँपालिका ७ का सचिव डिल्लीराम भण्डारी लगायले संसद् विघटनको प्रतिगामी कदम विरुद्ध सबै एकतावद्ध भएर संघर्षमा होमिनुपर्नेमा जोड दिनुभएको थियो ।

Comments
Loading...