प्रतिनिधिसभा विघटन मुद्दामा गुरुङको रिटमाथि आज अन्तिम सुनुवाइ

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाई शुरु भएपछि शुक्रवार १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ ।

प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधिशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका थिए ।
शुक्रवार नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ । गुरुङसँगै निवेदन दिनुभएका अर्का सांसद एवं अधिवक्ता कृष्णभक्त पोखरेलले बिहीबार बहस गर्नुभएको थियो ।

शुक्रवार कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहित चारजनाले गर्नुहुनेछ । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो ।आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गर्नुभएको थियो । संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन् ।

Comments
Loading...