केपी ओलीले घरमा आगो लगाउँदा समेत हामी ताली बजाउँछौँ : नेकपा केन्द्रीय सदस्य गिरी

हिमाली आवाज । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य सीता गिरी ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जनमतको अपमान गरेको बताउनुभएको छ ।

नेकपा प्रचण्ड–माधव पक्षले आज माछापुच्छ«े गाउँपालिका वडा नं ३ घाचोकमा आयोजना गरेको कार्यक्रमा उहाँले ७० वर्षअघिदेखी लडेर ल्याएको गणतन्त्रलाई केपी ओलीले अपमान गरेर जनताको मन रुहाउने काम गरेको टिप्पणी गर्नुभयो ।

नेतृ गिरीले भन्नुभयो,“पार्टीले प्रधानमन्त्री ओलीलाई जनताको पक्षमा काम गर्नुहोस्, भ्रष्टाचार अन्त्य गर्नुहोस् भनेर भन्यो तर ओलीले त्यसको रिसमा घरमै आगो लगाइदिनुभयो । हामी त्यही आगो लगाएको कामलाई समेत सही भनेर ताली बजाउँछौँ जुन विडम्वनापूर्ण छ । सबैले गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्दछ ।”

सारा जनता, नागरिक समाज र पार्टीहरुले समेत प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भनिरहँदा उहाँको पछि लाग्ने नेता कार्यकर्तालाई एक पटक पुनः सोच्न समेत आग्रह गर्नुभयो ।

नेकपा गण्डकी कमिटी सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले संसद विघटनले भारत, अमेरिका र प्रतिगमनकारीहरुलाई मात्र खुःशी बनाएको तर सारा नेपाली जनतालाई निरास पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले जनता, नेता तथा कार्यकर्ताहरु निरास भएका छन्, उनको असंवैधानिक कदमलाई कुनै पनि हालतमा सर्वोच्च अदालतले आम जनता र संविधान रक्षा हुने गरी निर्णय गर्ने छ । ” नेता बरालले प्रधानमन्त्री ओलीलाई पार्टीबाट सरकारको काममा कुनै पनि असयोग र घेराबन्दी नभएको जिकिर गर्नुभयो ।

“प्रधानमन्त्री ज्यू, तीन वटा नीति कार्यक्रम तथा बजेट पारित गर्दा नेकपाले कहिले र कहाँ अबरोध सृजना ग¥यो, निर्मला पन्तका हत्यारालाई पत्ता लगाऔं, भ्रष्टचार नियन्त्रण गरौं, नेपालको हित विपरितको एम.सी.सी संसोधन गरौं भन्दा असहयोग गरेको हुन्छ, नेकपाले कहिले विकास निर्माणमा बाधा अबरोध पुग्यो भन्न सक्नु पर्यो नि, जनतालाई ढाँट्ने, झुटको खेति गर्दै हिड्ने ? । ” उहाँले भन्नुभयो ।

नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओलीले ५ बर्षसम्म संसद विघटन गर्न नमिल्ने संविधानमा उल्लेख हुदा हुदै बेमौसमको बाजा बजाउने काम गरेर जनतालाई दुःख दिने काम गरेको आरोप लगाउनुभयो ।

गाउँ कार्यपालिका सदस्य लालबहादुर विश्वकर्माले फरक राजनीतिक आस्था राख्ने जनप्रतिनिधिहरुलाई बजेट रोकिदिने भन्दै धम्की दिने गरिएको प्रति आपत्ति जनाउनुभयो ।

नेकपा माछापुच्छ«े गाउँपालिका ३ घाचोकका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनौलो पाटन कृषि समुहका शक्ति दवाडी, महिला नेतृ गीतादेवि पोखरेल, नेता चित्रनाथ लम्साल, शुक्ला गण्डकी माविका व्यवस्थापन समितिका अध्यक्ष रविलाल पोखरेल, वुद्धिजिवी मिनप्रसाद लम्साल, युवा नेता शिव पोखरेल लगायले जनताको चाहना एकतावद्ध कम्युनिष्ट पार्टी रहेको बताउँदै पार्टीलाई एकतावद्ध बनाउन नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

Comments
Loading...