भलिबल संघबाट सचिव कुँबरको स्वागत

हिमाली आवाज । जिल्ला भलिबल संघ कास्कीले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयमा हालसालै मात्र सरुवा भएर आउनुभएका सामाजिक विकास मन्त्रालयका सचिव बिनोद कुँवरलाई स्वागत गरेको छ ।

संघले आईतबार एक औपचारिक कार्यक्रम गरी सचिव कुँवरलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुली, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सम्पन्न श्रेष्ठलगायतले माला र खादा लगाएर सचिव कुँवरलाई स्वागतसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद पहारीले गण्डकीबासी जनताले गर्व गर्ने र पछिसम्म जनजनको मनमनमा बस्नेगरी सचिव कुँवरले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।राखेप सदस्य सम्पन्न श्रेष्ठले खेलाडी उत्पादनमा अगुवाई गरिरहेको गण्डकी प्रदेश अहिले सुस्ताएको भन्दै सुस्ताउनुको कारण खोजेर समस्या समाधान गर्नुपर्ने बताउनभुयो ।

सचिव कुँवरले गण्डकी प्रदेशको पहिचान खेलकुदपनि भएकाले सो पहिचान कायम गर्नेगरी आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । खेलकुदलाई उच्च प्राथमिकता दिएर योजना निर्माण र कार्यान्वयन गर्ने उहाँको भनाई छ ।

जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले प्रदेशलाई खेलकुदको हब बनाउन आफूहरु लागिरहेको भन्दै त्यसको प्रयास स्वरुप मुख्यमन्त्री कप भलिबल प्रतियोगिता गर्न लागेको दिनुभयो ।

उहाँका अनुसार फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता हुनेछ । जसका लागि जिल्ला जिल्लामा खेलाडी छनौट प्रक्रिया चलिरहेको छ ।

Comments
Loading...