नेपालमा भूकम्पको धक्का

काठमाडौँ । नेपालमा आज भुकम्पको धक्का महसुस भएको छ ।

आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिनुभयो । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ ।

यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए ।

उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

Comments
Loading...