पोखरामा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु

हिमाली आवाज । पोखरामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गत माघ १८ गते दिउँसो अन्दाजी १२ः३० बजे पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङ बस्ने ५५ वर्षीय भुपाल रेग्मी आफ्नै घरको तेस्रो तल्ला माथिबाट अचानक तल भुईमा खस्दा घाइते भएकामा आज दिउँसो ३ बजे उहाँको उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटना लगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा सोही दिन १ बजे फेवासिटी अस्पताल रिफर गरी उपचार भइरहेकोमा आज निधन भएको बताइन्छ ।

Comments
Loading...