नेकपा प्रचण्ड–नेपाल पक्षबाट बिहीबार देशव्यापी आमहड्तालको घोषणा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्र्रचण्ड–माधव पक्षले भोलि माघ २२ गते बिहीबार देशव्यापी आम हड्तालको घोषणा गर्ने भएको छ ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आमहड्ताल घोषणा गर्ने निर्णय सो पार्टीले गरेको बताइन्छ । यसका बारेमा औपचारिक जानकारी दिन अहिले २ बजे सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

संसदीय सुनुवाई नगरी संवैधानिक नियुक्ति, भूमि व्यवस्था आयोगमा भएको नियुक्ति लगायतको विरोधमा आमहड्ताल गर्ने निर्णय भएको एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल पक्षले आमहड्ताल आयोजना गरेको हो। आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन रहेको बताइन्छ ।

Comments
Loading...