लोकतान्त्रिक खेलकूद सङ्घका पदाधिकारी तथा प्रदेश संयोजक घोषणा

हिमाली आवाज । नेपाल लोकतान्त्रिक खेलकूद सङ्घको केन्द्रीय पदाधिकारी तथा सदस्य र सातै प्रदेशका संयोजक चयन गरिएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य, खेलकूद विभाग प्रमुख एवं पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा आज पोखरामा सङ्घले घोषणा सभामार्फत केन्द्रीय पदाधिकारी,सदस्य तथा प्रदेश संयोजकहरु चयन गरिएको जनाएको छ ।

\सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेशका संयोजकहरु घोषणा गर्नुभएको थियो ।
सङ्घको उपाध्यक्षमा विजेन्द्र हमाल (बाँके),महासचिव सुवोध प्रधान (चितवन), सचिव विरबहादुर खड्का(सिन्धुपाल्चोक),बखतबहादुर शाही(हुम्ला),मनिष जोशी(काठमाडौं) र कोषाध्यक्षमा दशरथ रिमाल मनोनित हुनुभएको छ ।

प्रदेश संयोजकहरुमा प्रदेश नं १ मा वसन्तराज अर्याल, प्रदेश नं २ मा बैजनाथ यादव, बाग्मती प्रदेशमा दीपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्ट चयन हुनुभएको सङ्घका केन्द्रीय अध्यक्ष शेरचनले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पङ्कज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर) र राजीव बस्नेत (काठमाडौं) हुनुहुन्छ ।

यसैगरी मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजङ्ग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिंह (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) रहनुभएको छ ।

कार्यक्रममा पूर्वमन्त्री बस्नेतले सङ्घलाई नेपाली काँग्रेसको भ्रातृसंस्थाका रुपमा अगाडि बढाउने र खेलकूदका माध्यमबाट युवाहरुलाई समेटिने बताउनुभयो ।

प्राविधिक कारणले सङ्घका गतिविधि नभएको र संस्था निस्कृय रहेकामा अब प्रदेश र जिल्ला तहमा समेत कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई छ । केन्द्रीय सदस्य बस्नेतले वर्तमान सरकारले खेल क्षेत्रमा समेत भ्रष्टाचार गरेको र पक्षधरता देखाएको आरोप लगाउनुभयो ।

खेलकूद क्षेत्रमा भएको विकृति विसङ्गति हटाउनका लागि लोकतन्त्र प्रेमी खेलाडी हरुलाई समेट्दै विसं २०७१ मा सङ्घको स्थापना भएको जनाइएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्कीका सभापति कृष्ण केसी, पार्टीको खेलकूद विभाग महासचिव मिमकिशोर महर्र्जन, संविधानसभा सदस्य शारदा पौडेल, गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा, क्षेत्रीय सभापति मधु बास्तोला, तरुण दलका अध्यक्ष मनोज गुरुङ लगायतले सङ्घले खेलकूदको विकासमा योगदान दिन सफल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...