टेसा पोखराको अध्यक्षमा सापकोटा निर्वाचित

हिमाली आवाज । ट्रेकिङ ईक्यूपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औ अधिवेशनले नारायण सापकोटालाई अध्यक्षतामा सर्वसम्मत निर्वाचित गरेको छ ।टेसको आज पोखरामा भएको अधिवेशनले सापकोटाको अध्यक्षतामा १० सदस्यीय समिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्षमा रामजीप्रसाद अधिकारी, महासचिवमा टीकाबहादुर लम्साल, सचिवमा टीकाराम लम्साल र कोषाध्यक्षमा महेन्द्र जिसी चयन हुनुभयो ।यसैगरी सदस्यहरुमा रमेशराज अधिकारी, मीलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत निर्विरोध निर्वाचित हुनुभयो ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले कोरोना भाईरस (कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन व्यवसायमा परेको बताउँदै कोभिडको असर कम हुँदै गएपनि पर्यटन व्यवसाय चलायमान हुन नसकेको भन्दै यसका लागि सरकारले नै योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...