प्रचण्ड–माधव पक्षको आमहड्ताल :बन्द गराउँदै हिँडने ७१ नेता कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ ।

उहाँहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

नेकपा कार्यकर्ताहरु विहानैदेखी सडकमा निस्केर नारावाजी तथा बन्द सफल बनाउन आग्रह गरिरहेका छन् ।

Comments
Loading...