साँझ ५ बजेपछि आमहड्ताल फिर्ता

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले आजका लागि आह्वान गरेको आमहड्ताल साँझ ५ बजेबाट फिर्ता हुने भएको छ ।

नेकपाका एक नेताले दिएको जानकारी अनुसार ५ बजेपछि आमहड्ताल फिर्ता हुने र सार्वजनिक यातायात, उद्योग कलकारखाना तथा पसल नियमित सञ्चालन गर्न सकिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगहरूमा गैरसंवैधानिक नियुक्ति गरेपछि सो समूहले हिजो एक्कासी आजका लागि आमहड्ताल घोषणा गरेको थियो। ५ बजेपछि आमहड्ताल फिर्ता हुने लामो तथा छोटो दूरीका सबै साधन पूर्ववत् सञ्चालन हुनेछन ।

उक्त समूहले तत्कालै नयाँ आन्दोलन घोषणा गरिसकेको छैन। प्रतिनिधिसभा विघटपछि नेकपाको दाहाल नेपाल पक्ष आन्दोलनमा छ ।
आमहड्तालका कारण आज देशभरको जनजीवन प्रभावित बन्न पुग्यो । पोखरा लगायत प्रमुख शहरमा पसल तथा सार्वजनिक यातायात बन्द भएका थिए । मोटरसाइकल भने छिटपुट सञ्चालन भए ।

Comments
Loading...