फेन्सी तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा पौडेल

हिमाली आवाज । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराको अध्यक्षमा राजु पौडेल निरविरोध निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न १३ औँ साधारणसभा सातौ अधिवेशनले प्रथम उपाध्यक्षमा एकनारायण पनेरु, द्वितीय उपाध्यक्षमा यादव प्रसाद पोखरेल महासचिवमा नारायणी दवाडी सचिवमा नवराज त्रिपाठी कोषाध्यक्षमा थमनसिंह गुरुङ सहकोषाध्यक्षमा राजेन्द्र अधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो ।
सदस्यमा हरिप्रसाद भट्टराई, देवराज लामिछाने, ईश्वरी प्रसाद आचार्य,शान्ति श्रेष्ठ, राधा श्रेष्ठ, रजनी श्रेष्ठ, रामप्रसाद अधिकारी,संन्जय श्रेष्ठ, शान्ति थापा रहनुभएको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दे्र प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले हिजोको व्यवसाय र आजको व्यवसायमा तुलना गर्न नमिल्ने बताउदै समय अनुसार व्यवसायमा सुधार गर्दे अगाडी बढनुपर्ने बताउदै व्यवसायमा राजनितीको प्रत्यक्ष प्रभाव पर्ने गरेको बताउदै अहिले पनि त्यो संकट पर्ने अवस्था रहेको बताउनुभयो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका मानार्थ सदस्य संस्थापक अध्यक्ष कमलनाथ कुवरले फेन्सी व्यवसायले धेरै बेरोजगार युवाहरूलाई रोजगार दिएको बताउनुभयो ।
कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका निर्वतमान अध्यक्ष केशव वहादुर खत्रीले फेन्सी व्यवसायीहरु एकजुट भएर अगाडी वढनुपर्ने बताउदै पोखरा उद्योग वाणिज्य संघमा आफुलाई उपमहासचिवमा विजयी गराउन महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण फेन्सी व्यवसायीप्रति आभार व्यक्त गर्नुभयो ।
पुर्व महासचिव बलराम आचार्यले पनि पोखरा उद्योग वाणिज्य संघमा आफुलाई कोषाध्यक्षमा विजयी गराउन महत्वपुर्ण भुमिका खेल्ने सम्पुर्ण फेन्सी व्यवसायीहरुलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बुद्व बिशाल वजार व्यापारिक एशोसियसनका उपाध्यक्ष शिव शर्मा कानुनी सल्हाकार जगनाथ ढकाल थोक व्यवसायी संघका अध्यक्ष टामलाल घिमिरे संघका पुर्व अध्यक्षहरु गिरिधारी अधिकारी,मिनराज काफ्ले लगाएतले अधिवेशनको सफल्ताको कामना गर्नुभएको थियो ।
संघले कार्यक्रममा पोखरा उधोग वाणिज्य संघमा उप महासचिवमा निर्वाचित संघका निर्वातमान अध्यक्ष केशव वहादुर खत्री र कोषाध्यक्षमा निर्वाचित संघका पुर्व महासचिव बलराम आचार्य र संघका पुर्व अध्यक्ष मिनराज काफ्लेलाई सम्मान गरेको थियो साथै पुराना व्यवसायी कोपिला पौडेल र गीता पौडेललाई विशेष सम्मान समेत गरेको थियो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराका अध्यक्ष प्रदिप कुमार मुल्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष राजु पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन महासचिव यादव प्रसाद पोखरेलले गर्नुभयो ।

Comments
Loading...