पोखरामा घरको छतबाट लडेर महिलाको मृत्यु

हिमाली आवाज । पोखरामा आज एक महिला घरको छतबाट लडेर मृत्यु भएको छ ।

विहान अन्दाजी ०७ः३० बजे, काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नं ८ न्यूरोडस्थित डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठ साढे २ तले पक्की घरको छतबाट अचानक खस्न गई घाइते भएकामा उहाँको उपचारकाक्रममा मृत्यु भएको हो ।

घटनालगत्तै उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा प्रहरी टोलि खटिई गई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...