खाद्य तथा पोषण सुरक्षाका कार्यक्रम दलित र लोपोन्मुख जातिसम्म पुग्नुपर्नेमा जोड

हिमाली आवाज । खाद्य तथा पोषण सुरक्षा सम्बन्धी कार्यक्रम सबै स्थानीय तहमा पुग्नुपर्नेमा जोड दिइएको छ । नेपाल सरकारले अवलम्वन गरेको कृषि विकास रणनीति, खाद्य सुरक्षा तथा पोषण योजना अन्तर्गतको पोषण र खाद्य सुरक्षाका लागि कृषि क्षेत्रको भूमिका र दायित्व बढी रहेकाले यसतर्फ तीनै तहका सरकार जिम्मेवार भएर समन्वयका साथ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

खाद्य तथा पोषण सुरक्षाका क्षेत्रमा काम गर्दै आएको सुआहारा नेपालको आयोजनामा आज पोखरामा भएको सरोकारवालाहरुसँगको समन्वय तथा योजना बैठकमा सहभागीहरुले बालबालिकाहरुमा गरिने लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिने र कुपोषण र पुड्कोपनको अन्त्य गरी मानव पूँजी निर्माण गर्ने भएकाले पोषणमा लगानी बढाउने कुरा नीति निर्माण तहले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले रोग लाग्न नदिने क्षेत्र कृषि भएकाले यसमा लगानी वृद्धि गरी सबैलाई खाद्य तथा पोषण सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो । सुआहारा नेपालले काम गरेका क्षेत्रमा यसले राम्रो प्रतिफल दिएको बताउँदै उहाँले कार्यक्रम नपुगेका ठाउँमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कृषिमन्त्रालयका सचिव सवनम सिवाकोटीले मन्त्रालय मातहतका कार्यक्रमबाट कार्यान्वयन गरिएका कार्यक्रमले पोषण र खाद्य सुरक्षाका क्षेत्रमा के कस्ता उपलव्धी हासिल भए भनेर मुल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।मन्त्रालयले चालू आवमा सामाजिक विकासमन्त्रालयसँगको समन्वयमा प्रदेशका ११ वटा पालिकाका विद्यालयमा पोषण सुधारका लागि दूध र अण्डा उपलव्ध गराउने कार्यक्रम सञ्चालन गर्ने सचिव सिवाकोटीले जानकारी दिनुभयो ।

सुआहार नेपालका गण्डकी प्रदेश संयोजक यामबहादुर जिसीले उत्पादन र उत्पादकत्वमा अस्थिरता, धानमा आधारित पोषिला खानालाई मुख्या खानाको रुपमा न्यून प्रयोग, महत्वपूर्ण खाद्यान्नलाई कमशल खाद्यान्न विस्कुट, पाउरोटी, चाउचाउ लगायतमा रुपान्तरण गरी उत्पादन तथा जलवायु परिर्वतन कारणबाट खाद्य र पोषण सुरक्षामा चूनौती थपिएको बताउनुभयो ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत निलकण्ठ पोखरेलले कुपोषण र खाद्य असुरषा समस्या समाधानका लािग नेपाल सरकारले अपनाएका रणनीतिहरुका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट आकस्मिक विपद् व्यवस्थापन योजनामा पोषण तथा खाद्य सुरक्षा, सामाजिक मन्त्रालयबाट पोषण सम्वेदनशील क्रियाकलाप र भावी योजना तथा सुआहाराका कृषि अधिकृत अर्जुन सुवेदीले सुआहाराले प्रवद्र्धन गर्दै आइरहेको घरायसी खाद्यान्न कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

Comments
Loading...