नेल्टाले जेठसम्म प्रदेश तथा ६७ जिल्लाको अधिवेशन सम्पन्न गर्ने

हिमाली आवाज । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)को केन्द्रीय समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेल काभ्रेमा माघ २५ र २६ गते बसेको बैठकले आगामी जेठ महिनाभित्रमा सातै प्रदेशका प्रदेश भेला तथा जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको नेल्टाका केन्द्रीय महासचिव सुरेशकुुमार श्रेष्ठले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

सोही अन्तर्गत गण्डकी प्रदेशको भेला तथा अधिवेशन आगामी चैत ६ गते पोखरामा हुने जनाइएको छ । यसैगरी नेल्टाको बैठकले संघीय निजामती सेवा ऐन छिटो ल्याउन सरकारसँग माग गरेको छ ।

निजामती सेवा एने नहुँदा राष्ट्रसेवक कर्मचारीको वृत्ति विकास तथा समायोजना लगायत समस्या देखिएकाले अविलम्व सरकारले सो ऐन ल्याउनुपर्ने माग गरिएको छ । यसैगरी प्रदेश सरकारलाईहरुलाई समेत प्रदेश लोकसेवा गठन गरेर अस्थायी, ज्यालादारी तथा करार सेवाका कर्मचारीको स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

देशका सात वटै प्रदेश र ६७  जिल्ला तथा २५ पालिकामा नेल्टाको संगठन विस्तार गरिएको छ ।

Comments
Loading...