पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूूरा, विजेतालाई रु दुई लाख पुरस्कार

हिमाली आवाज । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने १५ औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी पूरा भएको छ ।
मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी आगामी फागुन १ गते शनिबार पोखरा रङ्गशालाबाट शुरु हुने म्याराथन(४२.१९५) किमीमा १५६ जना धावकले नाम दर्ता गराएको जनाएको छ ।

यसैगरी यसवर्षबाट महिलाका लागि २१ किमी ‘हाफ म्याराथन’ समेत थपिएकामा महिलातर्र्फ १९ धावकले अहिलेसम्म नाम दर्ता गराएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । पूर्वमेचीदेखी पश्चिम महाकालीसम्मका धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने बताइएको छ ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकूदको विश्वमान चित्रमा स्थापित गराइ खेलकूद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई कोरोना कहरबाट सिर्जित चूनौतीपूर्ण अवस्थामा पनि निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाई छ ।

म्याराथनको विजेताले रु दुई लाख र द्धितीयले रु एक लाख तथा तृतीयले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सान्त्वनाले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।महिलाको हाफ म्याराथनमा प्रथम,द्धितीय,तृतीय र सान्त्वनाले क्रमशः रु एक लाख, रु ७५ हजार, रु ५० हजार र रु १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकूदमा महिला खेलाडीहरुको भूमिकासँगै महिलालाई खेल तर्फ आकर्षण गर्न र उनीहरुको प्रतिभालाई उजागर गर्न हाफ म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।विगतमा वर्र्षहरुमा पोखरासँग भगिनी सम्वन्ध भएका जापान, चीन लगायतका विदेशी धावकहरुले पोखरा म्याराथनमा सहभागिता जनाउने गरेपनि यसवर्ष कोरोनाका कारण व्यावसायिक विदेशी धावकको उपस्थिति नरहने मञ्चका प्रमुख कार्यकारी अधिकृत(सिइओ) केशव पाठकले बताउनुभयो ।

उहाँका अनुसार विदेशी धावक सहभागी नभएपनि नेपाल स्थित केही विदेशी कुटनीतिक नियोगमा कार्यरत तीन देशका प्रतिनिधि कार्यक्रममा सहभागी बन्नुहुनेछ ।यसैगरी गत संस्करणमा ‘रन फर फन’ अन्तर्र्गत हजारौँ पोखरेली दौडमा निस्कने गरेकामा यस वर्ष सो कार्यक्रम नराखिएको आयोजकले जनाएको छ ।

म्याराथनप्रति पोखरेलीले सकारात्मक सहयोग गर्दै आएकामा प्रदेश सरकार र पोखरा महानगरपालिकाले बजेट कार्यक्रममा म्याराथनलाई राखेकाले यसप्रति सबैको अपनत्व कायम भएको बताइन्छ ।कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य विभिन्न इभेन्टहरुलाई फरक फरक मितिमा आयोजना गर्ने तयारी मञ्चको छ । ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहिन दौड फागुन २२ गते हुनेछ ।

यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।दश किमी महिला÷पुरुष दौडमा विजेता रु १५ हजार तथा द्धितीय र तृतीयले रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
ह्लिचियर र दृृष्टिविहिनतर्फका दुबै इभेन्टमा विजेताले रु सात हजार, द्धितीयले रु पाँच हजार र तृतीयले रु तीन हजार पुरस्कार पाउनेछन् ।
यसैगरी छात्र÷छात्रा दौडमा प्रथमले रु १० हजार द्धितीयले रु सात हजार र तृतीय हुनेले रु चार हजार पुरस्कार प्राप्त गर्ने मञ्चका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

Comments
Loading...