टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र न्यू डाइमण्ड तथा पुरुषतर्फ आर्मी विजयी

हिमाली आवाज । पोखरामा जारी ‘टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा आज सम्पन्न खेलमा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ र न्यू डाइमण्ड क्लब काठमाडौँ विजयी भएका छन् ।

यसैगरी पुरुतर्फको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ २७ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा महिलातर्फ न्यू डाइमण्डले नेपाल पुलिसलाई ३–१ सेटमा जित हात पार्न सफल भयो ।अत्यन्त प्रतिस्पर्धात्मक खेलमा न्यू डाइमण्डले २७–२५, २९–३१, २७–२५ र २५–१६ मा जित निकालेको हो ।

यसैगरी एपिएफले आर्मी माथि ३–२ को सेटमा विजयी हुन सफल भयो । एपिएफले २७–२५, १८–२५, २५–१७, २०–२५ र १५–७ अङ्कको विजय हासिल गरेको आयोजक संस्थाका सचिव प्रकाश बरालले जानकारी दिनुभयो ।

पुरुषतर्फ दुई विभागीय टोलीको स्पर्धामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सोझो सेटमा एपिएफलाई पराजित गर्न सफल भयो । आर्र्मीले २५–२३,२५–२१ र २५–१८ को अङ्कले जित निकालेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

्यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०÷२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

Comments
Loading...