पूर्व राष्ट्रिय भलिबल खेलाडी लम्साल र महिला टोलीका पूर्व उपकप्तान गुरुङ सम्मानित

हिमाली आवाज । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका पूवए उपकप्तान मञ्जु गुरुङ र पूर्व राष्ट्रिय खेलाडी लेखनाथ लम्साल शनिबार पोखरामा सम्मानित हुनुभएको छ ।

टाइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको फाइनलका अवसरमा दुबै जनाई प्रशंसापत्रबाट सम्मान गरेको हो ।राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल सम्मान गर्नुभएको थियो ।

नेपाली भलिबल खेलको विकास तथा खेलकूदका माध्यमबाट देशका लागि नाम राख्न सफल भएकामा उहाँहरुको योगदानको कदर गर्दै सो सम्मान अर्पण गरिएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोक स्थायी घर हुनुभएका पूर्व राष्ट्रिय खेलाडी लम्सालले दुई दशक खेल क्षेत्रमा योगदान गर्नुभएको थियो । यसैगरी पूर्व उपकप्तान मञ्जुले विभिन्न राष्ट्यि अन्तर्राष्ट्यि प्रतियोगिता खेलेर देशका लागि नाम राख्नुभएको छ ।

Comments
Loading...