संसद् विघटन विरुद्ध  नेकपा प्रचण्ड नेपालपक्षबाट आज तेस्रो चरणको आन्दोलन घोषणा गरिने

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्दैछ।

आइतबार (आज) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा तेस्रो चरणको आन्दोलन घोषणा कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

नेता रिजालले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै घोषणा कार्यक्रममा उपस्थितिका लागि पत्रकारहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

Comments
Loading...